रुबेन अमोरिमको प्रशिक्षणमा म्यान्चेस्टर युनाइटेडको प्रदर्शन निरन्तर खस्कँदो छ। सोही क्रममा युनाइटेड कारबाओ कपको दोस्रो चरणबाटै रोकिएको छ।
बुधबार राति भएको खेलमा चौथो डिभिजन क्लब ग्रिम्स्बी टाउनसँग पेनाल्टी सुटआउटमा १२–११ ले पराजित हुँदै युनाइटेड दोस्रो चरणबाटै बाहिरिएको हो।
इंग्लिस फुटबलकै ठूलो ठूला अप्रत्यासित नतिजामध्ये हो।
निर्धारित समयको खेल २–२को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट गरिएको छ। पेनाल्टीमा पनि सबै ११ खेलाडीले प्रहार गर्दा खेल १०–१०को बराबरी भएको थियो। त्यसपछि पुनः दोहो¥याएर पेनाल्टी प्रहार भएको थियो।
जसमा दोस्रो पेनाल्टी प्रहारका लागि आएका बायर्न बेउमोको प्रहार बारमा लागेर फर्किँदा युनाइटेड पराजित भएको थियो। त्यसअघि १ गोलले अघि रहेको अवस्थामा सुटआउटको पाचौं प्रहारमा म्याथिस कुन्हा गोल गर्न चुक्दा युनाइटेड जितबाट बञ्चित भएको थियो। त्यसअघि आन्द्रे ओनानाले क्लार्क ओडुरको प्रहार बचाएका थिए।
त्यसअघि निर्धारित समयमा पहिलो हाफमै २ गोलले पछि परेको अवस्थामा युनाइटेडले २–२को बराबरी गरेको थियो। उसले अन्तिम १५ मिनेटमा उसले २ गोल गरेको थियो।
ग्रिम्स्बीका लागि चार्ल्स वेर्नाम र टायरेल वारेन तथा युनाइटेडका लागि ब्रायन एमबेउमो र ह्यारी मग्वायरले गोल गरेका थिए।
