डिआलोको ह्याट्रिकमा युनाइटेड विजयी

17 Jan, 2025

इनफर्म खेलाडी अमाद डिआलोले ह्याट्रिक गरेपछि प्रिमियर लिगमा म्यान्चेस्टर युनायटेड विजयी भएको छ। बिहीबार राति भएको खेलमा डिआलोको ह्याट्रिक मद्दतमा युनाइटेडले साउथह्याम्पटनमाथि ३–१को जित निकाल्यो।

घरेलु मैदानमा भएको खेलमा १२ मिनेट अन्तरमा ह्याट्रिक गरेका थिए। खेलमा ४२औं मिनेटमा आत्मघाती गोल मद्दतमा साउथह्याम्पटनले अग्रता लियो। युनायटेडका म्यानुअल उगार्टे आफ्नै पोस्टमा गोल गरेका थिए।

तर, ८२औं मिनेटमा डिआलोले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए। त्यसपछि उनले नै ९०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–१को अवस्थामा ल्याए भने इन्जुरी समयकै चौथो मिनेटमा उनले नै गोल गर्र्दै आफ्नो ह्याट्रिक पुरा गदैृ टिमलाई ३–१को जित दिलाए।

यो सँगै डिआलो वल्र्ड ट्राफोर्ड ह्याट्रिक गर्दै सबैभन्दा कान्छा खेलाडी बनेका छन् भने युनाइटेडका लागि ह्याट्रिक गर्ने वायन रुनीपछि दोस्रो कान्छ खेलाडी बनेका छन्। रुनी २१ वर्ष ४ दिनमा ह्याट्रिक गरेका थिए भने डिआलो ह्याट्रिक गर्दा २२ वर्ष १८९ दिनका थिए।

यो जितपछि युनाइटेड २६ अंकसहित १२औं स्थानमा छ भने साउथह्याम्पटन ६ अंकसहित पुछारमा छ।