एसियन कप छनाेटमा आलोससँग खेल्दै नेपाल, प्रशिक्षक रोस भन्छन्- लाओसलाई कम आक्न चाहदैनौं

10 Jun, 2025

एएफसी च्याम्पियनसीप अन्तर्गत तेस्रो चरणमा घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको नेपाली राष्ट्यि फुटबल टोलीका प्रशिक्षक म्याट रसले बताएका छन्।

प्रि कन्फ्रेसका क्रममा प्रशिक्षक रसले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरु सचेत रहेको बताएका छन् । लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रुपमा रहन सक्ने उनले बताए।

‘लाओस पूर्णरुपमा संगठित टोली हो। अत्यन्त आक्रमक लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न सक्छ। त्यसैले पनि हामीले भोलीको खेललाई अत्यन्त गम्भीरतापूर्वक लिएकाछांै। त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेकाछन्,’ उनले भने।

सोही क्रममा प्रशिक्षक रसले टोलीमा केही परिवर्तन हुने संकेत गरेकाछन्। हङकङविरुद्ध खेलेको टोली नै मैदानमा उत्रनेमा केही संशय रहेको बताउँदै उनले भने, ‘हङकङविरुद्ध मैदानमा उत्रिएको टोलीमा केही फेरबदल हुन सक्छ। संभवतः हामी बलियो टोली मैदानमा उतार्नेछौं।’
हंगकंगविरुद्धको खेलमा डिफेन्स सनिश श्रेष्ठ चोटिल अवस्थामा रहेकाछन् । प्रेस कन्फ्रेन्सका क्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोंगले लाओसविरुद्ध खेल्न सधै सकारात्मक रुपमा तयार रहेको बताए।

‘लाओसविरुद्ध प्रतिस्पर्धा गर्न हामी सधै उत्सुक र तयार रहेकाछौं। पछिल्लो चारवटा खेलमा मैले पनि सहभागिता जनाएको छु। त्यसैले पनि खेलका लागि हामी शारिरीक र मानसिक रुपमा तयार रहेकाछौं।’

साउदी अरबमा हुने च्याम्पियन्सिपका लागि जारी छनोट अन्तर्गत समूह एफको पहिलो चरणको खेलमा नेपाली टोलीले अवे अन्र्तगत बुधबार लाओसँग प्रतिस्पर्धा गर्दैछ। यसअघिका विभिन्न ६ वटा खेलमा नेपालले ४ वटामा जित र दुई वटामा बराबरी खेलेको छ।

यद्यपि, लाओसको घरेलु मैदानमा नेपालले एकमा जित र एकमा बराबरी गरेको छ। तेस्रो चरणको खेल अन्तर्गत नेपालले मलेशियासँग २–० र लाओसले भियतनामसँग ५–० को हार व्यहोरिसकेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]