फ्रेन्च कपको उपाधि जितेसँगै स्टार स्ट्राइकर किलियन एम्बाप्पेले फ्रेन्च क्लब पिएसजी छाडेका छन्।
एम्बाप्पेले शनिबार राति फ्रेन्च कपको फाइनलमा पिएसजीको लियोनविरुद्ध अन्तिम खेल खेले। खेलपछि साथी खेलाडीहरुले एम्बाप्पेलाई बिदाई गरेका थिए।
सो खेल पिएजसीले २–१ले जितएको थियो। तर, एम्बाप्पे अन्तिम खेलमा खेल गर्न भने असफल रहे।
२५ वर्षीय एमबाप्पे पीएसजी छाडेर फ्रि ट्रान्सफरमा रियल मड्रिड लगभग पक्का छ। तर, औपचारिक घोषणा भने भएको छैन।
सन् २०१७ मा मोनाको छाड्दै पीएसजी आएका एमबाप्पेले ३ सय ८ खेलमा २ सय ५६ गोल गरेका छन्। पीएसजीका लागि सर्वाधिक गोलकर्तासमेत रहेका एमबाप्पेले पीएसजीका लागि ६ लिग वान, चार फ्रेन्च कप र दुई लिग कप उपाधि दिलाएका छन्।