घरेलु मैदानमा अन्तिम खेल खेल्दै मेसीले गरे २ गोल, अर्जेन्टिनाको सहज जित

5 Sep, 2025

अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले घरेलु मैदानमा करिअरको अन्तिम खेल खेलेका छन्। विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तगृत शुक्रबार बिहान भेनेजुएलाविरुद्धको खेल नै मेसीको घरेलु मैदानको अन्तिम खेल हो।

सन् २०२६को विश्वपकपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने संकेत गरिसकेका छन्। विश्वकपअघि अर्जेन्टिनाले घरेलु मैदानमा खेल्ने यो अन्तिम खेल हो। त्यसैले मेसीको पनि यो घरेलु मैदानको अन्तिम खेल हुनसक्छ। तर, मेसीले औपचारिक घोषणा भने गरिसकेका छैनन्।

घरेलु मैदानमा अन्तिम खेल खेलिरहेका मेसीले २ गोल गरेपछि खेल अर्जेन्टिनाले ३–०ले जित्यो। खेलमा मेसीसँगै लाउटारो मार्टिनेजले पनि १ गोल गरे।

खेलको ३९औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ७६औं मिनेटमा मार्टिनेजले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। ८०औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए।

छनोटको शीर्षस्थानमा रहेको अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । उसले १७ खेलमा ३८ अंक जोडेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]