अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : लेवनानमाथि म्यानमारको सहज जित

17 Feb, 2025
Share:
117 Shares

दशरथ रंगशालामा आजबाट सुरु भएको चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले विजयी सुरुआत गरेको छ।

सोमबार दिउँसो भएको खेलमा खेलमा म्यानमारले लेवनानमाथि ३–१ को जित निकाल्यो। प्रतियोगितामा शीर्ष वरीयताको म्यानमारको यो अपेक्षित जित रह्यो, तर यसका लागि उसले संघर्ष भने गर्नु परेको थियो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५६ औं मिनेटमा विन थेन्गीथुनले खेलको पहिलो गोल गरिन्। तर, ४ मिनेटपछि नै लेबनानले बराबरी गोल फर्काएको थियो। ६०औं मिनेटमा उसका लैजा स्कन्डरले गोल गरेकी थिइन्।

७२औं मिनेटमा स्वेय यी टुनले गोल गर्दै म्यानमारलाई पुनः अग्रता दिलाइन्। गरिन् । म्याट नोए खिनाले ७५औं मिनेटमा गोल गरेपछि म्यानमार ३–१ले विजयी भयो।

यस नतिजासँगै म्यानमारको तीन अंक भएको छ। प्रतियोगिताका दोस्रो खेलमा अहिले नेपाल र कीर्गिस्तान भिडिरहेका छन्।