अहिले नेपाली राष्ट्रिय फुटबल टिम आसन्न एसियन कपको तेस्रो चरणको छनोटको तयारीका बन्द प्रशिक्षणमा छ। नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले ३० खेलाडीलाई बोलाएर गत साताबाट बन्द प्रशिक्षण थालेका हुन्।
एक साता खेलाडीको स्किल र फिटनेश हेरेपछि मुख्य प्रशिक्षक रोसले ६ खेलाडीलाई बन्द प्रशिक्षणबाट हटाएका छन्। बन्द प्रशिक्षणबाट बाहिरिनेमा स्ट्राइकर समिर तामाङ, गोलकिपर अभिषेक बराल, डिफेण्डरहरु छिरिङ लामा, आशिष गुरुङ, आशिष राई र अशोक खवास छन्।
बन्द प्रशिक्षणमा बोलाउनु अघि नै घाइते भएपछि आशिष टिमबाट बाहिरिएका हुन्। उनी करिब १ वर्ष मैदान बाहिर रहने बताइएको छ।
६ खलाडीलाई बन्द प्रशिक्षणबाट हटाएका प्रशिक्षक रोसले ३ नयाँ खेलाडीलाई टिममा बोलाएका छन्। उनले डिपेन्डर सुमन श्रेष्ठ तथा स्ट्राइकरद्वय रेजिन सुब्बा र सृजनराज गौतमलाई स्ट्यानबाई खेलाडीका रुपमा टिममा थपेका हुन्।
नेपाली टोली हाल सिंगापुरविरूद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका लागि तयारी गरिरहेको छ।
प्रशिक्षणमा रहेका खेलाडी : किरण लिम्बु, विशाल सुनार, दीप कार्की, अन्जल श्रेष्ठ (गोलकिपर), अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ (डिफेन्डर), लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छिन्जु (मिडफिल्डर), जिलेस्पी जंग कार्की, अन्जन विष्ट, दिनेश हेन्जन, सुवास ठकुरी बम, निराजन धामी, रेजिन सुब्बा र सृजनराज गौतम (स्ट्राइकर) ।