राष्ट्रिय लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब विजयी

14 Jan, 2026

१० वर्षपछि सुरु भएको राष्ट्रिय लिगको उद्घाटन फ्रेन्ड्स क्लब विजयी भएको छ।

बुधबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा फ्रेन्ड्सले छनोट चरण पार गर्दै राष्ट्रिय लिगमा आएको सुर्खेतको काँक्रेबिहार क्लबलाई ३–१ले हरायो।

खेलमा फ्रेन्ड्सका प्रशान्त लक्सम, प्रवेश बस्नेत र आशिष चापागाईंले गोल गर्दा काँक्रेबिहारका लागि फ्रेन्ड्सकै कमल श्रेष्ठले आत्मघाती गोल गरे।

खेलको छैठौं मिनेटमा कमलको आत्मघाती गोलमा काँक्रेबिहारले अग्रता लियो। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा प्रशान्तले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याए।

त्यसपछि ५९औं मिनेटमा प्रवेशले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए। खेलको ९०औं मिनेटमा आशिषले गोल गरेपछि फ्रेन्ड्सले ३–१को सहज जित निकाल्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]