सिंगापुरसँगको मैत्रीपूर्ण खेलका लागि नेपालको प्लेइङ ११ सार्वजनिक भएको छ।
मुख्य प्रशिक्षक म्याट रोसले केहीबेरपछि सुरु हुने मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको कप्तानीमा नेपाली टिम सर्वाजनिक गरेका हुन्।
म्याट रोसले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका डिफेनडर सुमन श्रेष्ठलाई डेब्यूको मौका दिएका छन्। उनी सिंगापुरविरुद्धको खेलमा रोसको पहिलो रोजाइमै परेका छन्।
एपीएफ क्लबबाट घरेलु फुटबल खेल्दै आएका छन्।
डिफेन्समा सुमन पहिलो रोजाईमा पर्दा लामो समयपछि रोहित चन्दले मिडफिल्डमा खेल्ने मौका पाएका छन्। नेपाली टिममा मिडफिल्डरकै रुपमा स्थान बनाएका रोहित लामो सयदेखि राष्ट्रिय टिममा डिफेन्डरको भूमिका देखिँदै खाएका थिए।
नेपालले सिंगापुरसँग ३६ वर्षपछि खेल्न लागेको हो।
नेपाली टिम : किरण चेम्जोङ (गोलकिपर), सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, एरिक विष्ट, सुमित श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, रोहित चन्द, अन्जन विष्ट,
र जिलेस्पीजंग कार्की ।