ताजकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिम छनोट गर्न प्रारम्भिक टिमको घोषणा गरिएको छ। नवयुक्त अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३६ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन्।
नयाँ प्रशिक्षक नियुक्त नभएसम्मका लागि एन्फाले न्यौपानेलाई सोमबार नै अन्तिम प्रशिक्षक नियुक्त गरेको थियो।
न्यौपानेले अधिकांश पुरानै र केही यू–२० टिमका खेलाडीलाई समेट्दै ३६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। जसमा गोलकिपर जियारथ शेख, स्ट्राइकर समीर तामाङ, नीराजन धामीलगायत छन्।
नेपालले नेभेम्बरमा ताजकिस्तानसँग उसकै मैदानमा खेल्ने तालिका छ।
प्रारम्भिक टोली
किरण चेम्मोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृशल मोक्तान (गोलकिपर), अनन्त तामाङ, छिरिङ लामा, सेमन्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रणदीप पौडेल, एन्जेल महर्जन, सविन घिमिरे, अभिषेक वाइबा (डिफेन्डर), लकेन लिम्बु, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, अरिक विष्ट, आशिष राई, अभिनाश स्याङ्तान, मनिष डाँगी, आयुष घलान, उज्वल राई (मिडफिल्डर), जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समीर तामाङ, निराजन धामी ।