प्रियिमर लिग खेलेका हम्जाले खेलविरुद्ध २ गोल, अनन्तले नेपाललाई हारबाट जोगाए

14 Nov, 2025

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगादेशसँग बरारबी खेलेको छ। बिहीबार राति भएको खेलमा अनन्त तामाङले इन्जुरी समयमा गोल गरेपछि नेपालले बंगलादेशसँग २–२ गोलको बराबरी खेलेको हो।

ढाकास्थित ढाका नेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि अनन्तसँगै रोहित चन्दले गोल गरे। यता,बंगलादेशका लागि इंग्लिस प्रिमियर लिग खेलेका हाज्मा चौधरीले दुवै गोल गरे। उनले लेस्टरसिटीबाट लामो समय प्रियिमर लिग खेलेका थिए। सन् २०१५ देखि लेस्टरमा रहेका उनी अहिले पनि त्यहीँ छन्। तर, उनी पछिल्ला केही सिजनयता लोनमा विभिन्न क्लबबाट खेलिरहेका छन्। अहिले उनी सेफिल्ड युनाइटेडबाट च्याम्पियनसिप खेलिरहेका छन्।

२९औं मिनेटमा रोहित चन्दले डिबक्सको बाहिरबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। यो उनको नेपालका लागि दोस्रो गोल हो। पहिलो हाफ १–० मै सकियो।

तर, दोस्रो हाफका सुरुआतमी बंगलादेशले बराबरी गोल फर्कायो। ४६औं मिनेटमा उसका हाज्मा चौधरीले एक्रोब्याटिक गोल गरेका थिए। त्यसको ३ मिनेटपछि हाज्माले नै पेनाल्टमिा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए। गर्दै खेल बराबरीमा ल्याए ।

खेलमा हार नजिक पुगेको नेपाललाई इन्जुरी समयमा अनन्त तामाङले गोल गर्दै हारबाट जोगाए। यो अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काको प्रशिक्षकका रुपमा राष्ट्रिय टिममा पहिलो खेल हो।

एसियन कप छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेले हो। नेपालले एसियान कप छनोटमा १८ नोभेम्बरमा मलेसियासँग उसकै मैदानमा खेल्दैछ । नेपाली टिम उतैबाट मलेसिया जाने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]