एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित भएको छ । मंगलबार साँझ भएको खेलमा नेपाल नेपालसँग २(१ ले पराजित भयो।
नेपाल लाओससँग पहिलो पटक पराजित भएको हो। यता, छनोटमा नेपालको यो लागतार दोस्रो हार हो। यसअघि नेपाल मलेसियासँग २०ले पराजित भएको थियो।
पहिलो हाफको १३औं मिनेटमा दामोथ थोङ्खामसाभाथले हेडरमार्फत गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा पिटर पान्थावोङले डिबक्स बाहिरबाट गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।
७३औं मिनेटमा मनिष डाँगीले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत गरेका थिए । तर त्यसपछि थप गोल हुन सकेन र लाओसले नेपालविरुद्ध पहिलोपटक जित निकाल्न सफल भयो।
नेपाल लाओससँग यस खेल अघिसम्म ६ खेल खेल्दा पराजित भएको थिएन । नेपालले ४ खेल जित्दा दुई खेल बराबरीमा सकिएका थिए।
