नेपालले म्यानमारसँग खेल्दै, टिममा तीन परिवर्तन

23 Feb, 2025

नेपालले चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा केहीबेरपछि बलियो म्यानमारसँग खेल्दै छ।

केहीबेरपछि सुरु हुने म्यानमारविरुद्धको खेलका लागि नेपालले टिममा तीन परिवर्तन गरेको छ।

फाइनल पुगिसकेकाले नेपालले प्लेइङ सेटमा परिवर्तन गरेको छ। नेपालले कप्तान एन्जिला तुम्बापो सुब्बा, विमला चौधरी र रेखा पौडेललाई बाहिर राखेको छ।

उनीहरुको स्थानमा अञ्जना रानामगर, रश्मीकुमारी घिसिङ र सरु लिम्बूले टिममा स्थान बनाएका छन्। अञ्जना र सरुले प्रतियोगितामा पहिलो पटक खेल्न लागेका हुन्।

दुवै टिम फाइनल पुगिसकेकाले यो खेल फाइनलअघि गल्ती सुधार गर्ने अवसरका रुपमा हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]