फाइनलका लागि नेपाल र म्यानमार दुवै तयार, उपाधि जित्ने दुवैको दाबी

25 Feb, 2025

चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियिनसिपको फाइनल खेल भोलि (बुधबार)हुँदैछ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ६ बजे हुने खेलमा आयोजक नेपाल र म्यानमार भिड्दै छन्।

अपराजित रहँदै फाइनल पुगेका दुवै टिममले फाइनलका पूर्ण रुपमा तयार रहेको र उपाधि जित्ने दाबी गरेका छन्। फाइनलअघि आयोजित प्रिम्याच कन्फ्रेनसम दुवै टिमका प्रशिक्षक र कप्तानले यस्तो दाबी गरेका हुन्।

नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानारको खेल हेरेर अध्ययन गर्ने मौका पाएको हुनाले सजिलो भएको भन्दै अब फाइनलका लागि आफूहरु तयार रहेको बताए।

‘हामीलाई दुईवटा खेल जितेर फाइनल पुग्नु थियो, त्यसपछि म्यानारको लागि हामीले एउटा छुट्टै खालको संरचना बनाएका थियौं। उनीहरुको खेल हेरेर हामीले अध्ययन गर्ने मौका पायौं उनीहरुको बलियो पक्ष कहाँ छ र कमजोर पक्ष कहाँ छ भनेर त्यसले गर्दा पनि सजिलो भयो । अब फाइनलको तयारी हुदैँछ,’ उनले भने।

यस्तै, नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बाले आजसम्म सिल्भरमा नै रहेको भन्दै भोलिको खेल गोल्ड मेडलको लागि खेल्ने बताइन् ।
जसले बढि फिल्डमा मेहेनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने भन्दै एन्जिलाले फाइनलका लागि तयार रहेको बताइन्।

‘जसलाई खेलाए पनि खेल्न सक्ने खालको खेलाडीहरु हुनुहुन्छ। भोलि फाइनल छ, फाइनलको लागि नै लड्ने हो आजसम्म हामी सिल्भरमा नै छौं। भोलिको खेल गोल्ड मेडलको लागि खेल्ने छौं,’ उनले भनिन्, ‘भोलि जसले बढी फिल्डमा मेहेनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने हो हामी फाइनलको लागि तयार नै छौं। हामी आफ्नो तर्फबाट सय प्रतिशत दिने छौं।’

यस्तै, म्यानकारका प्रशिक्षक र कप्तानले पनि प्रतियोगितामा प्रदर्शन राम्रो भएकाले उपाधि जित्ने दाबी गरे। उनीहरू अघिल्ला खेलहरुमा भएको गल्तीलाई सुधार गर्दै फाइनलमा उत्रने बताए।

नेपाल र म्यानमारबीचका समूह चरणको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। फाइनल यात्रामा दुवै टिम अपराजित छन्।

फिफा वरियातमा म्यानमार ५५औँ स्थानमा रहेको छ। नेपाल १०३औँ स्थानमा रहेको छ । गत फागुन ५ गतेबाट सुरु भएको प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई आमन्त्रण गरेर आयोजना गरेको हो।