नेपालले २ मिनेटमा २ गोल खायो, पहिलो उपाधि आशा समाप्तितर्फ

26 Feb, 2025

अन्तर्राष्ट्रिय महिला च्याम्पिनसिपको फाइनलमा नेपाल म्यानमारसँग पछि परेको छ।

दशरथ रंगशालामा जारी खेलमा दोस्रो हाफमा २ मिनेट अन्तरमा २ गोल खाएपछि नेपाल खेलमा २–०ले पछि परेको हो।

२ मिनेटमा दुई गोल खाएपछि नेपालको पहिलो उपाधि जित्ने सपना समाप्ततिर अग्रसर भएको छ।

खेलमा म्यानमारले ६३औं मिनेटमा अग्रता लियो। उसका लािग यु प्रर खिनीले गोल गरेकी थिइन्।

६४औं मिनेटमा आत्मघाती गोलमा म्यानमारले अग्रता दोब्बर बनायो। नेपाली डिफेन्डर गीता रानामगरले आफ्नै पोस्टमा गोल गरेकी थिइन्।

म्यानमारकी कप्तान विन तुनको प्रहार नेपाली गोलपिकर एन्जिला तुम्बापो सुब्बाले बचाएपछि डिफ्लेक्ट भएको बल डिफेन्डर गीतासँग ठोक्एिर गोल हुन पुगेको थियो।

खेलमा नेपालले पनि गोलका सुन्दर अवसर सिर्जना गरेको थियो। तर, सावित्रा भण्डारीले २ र रेखा पौडेलले १ अवसर खेर फालेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]