अहिले अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार देशसम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको आयोजना गरिरहेको छ।
नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनान सहभागी प्रतियोगितामा अन्तिम चरणमा पुगेको छ। प्रतियोगितामा फाइनल मात्र बाँकी छ।
बुधबार साँझ दशरथ रंगशालामा हुने फाइनलमा नेपाल र म्यानमार भीड्दै छन्। नेपालको खेल हेर्न दशरथ रंगशालामा उल्लेख्य दर्शक पुग्ने गरेका छन्, फाइनलमा रंगशाला भरिभराउ हुने अनुमान छ।
रंगशालामा दर्शक ओइरिएपछि एन्फाले फाइनलको टिकट मूल्य दोब्बर बनाएको छ। यसअघि साधारणमा ५ सय र भिआईपीमा १ हजारमा खेल हेरेका दर्शकले अब फाइनलमा १ हजार र २ हजार रुपैयाँ तिनुर्नपर्ने भएको छ।
यो प्रतियोगिताका टिकेटिङ अधिकार एन्फाले ब्रान्ड लजिकलाई १ करोड ३५ लाखमा बेचेको छ। फाइनलअघिका खेलका टिकटबाट उठेको सबै रकम ब्रान्ड लजिकले राखेको थियो भने फाइनलको बढेको रकम भने एन्फाले राख्ने छ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताहरु गरेर राम्रै पैसा उठाइरहेको एन्फाले यो फाइनलबाट पनि राम्रै पैसा उठाउने लक्ष्य दिएको छ। एन्फाको यो निर्णयको विरोध पनि भइरहेको छ। फुटबलको मेरुदन्डको रुपमा रहेको लिग नियमित गराउन नसकेको एन्फाको ध्यान पैसाउन उठान मात्र केन्द्रिय रहेको टिप्पणी कतिपयले गरेका छन्।
यता, एन्फाले फाइनलबाट उठेको फुटबल विकासका लागि लगाइने बताएको छ।
तर, आलोकचहरुले एन्फाको यो भनाई देखावटीमात्र भएको बताउँदै रकम फुबटलको विकासमा नभई अन्यत्रै खर्चहुने आशंका गरेका छन्। यसअघि पनि त्यस्तै हुने गरेको उनीहरू बताउँछन्।