नेपाल र म्यानमारबीचको काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल सुरु भएको छ। खेल दशरथ रंगशालामा सुरु भएको हो।
लिगको अन्तिम खेलमा उतारको टिममा नेपालले दुई परिवर्तन गरेको छ। प्रशिक्षक राजेन्द्र तामङले कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेललाई फाइनलमा प्लेइङ सेटमा राखेका छन्।
पछिल्लो खेलमा सुरुवाती रोजाइमा रहेका गोलकिपर अन्जना रानामगर र रश्मीकुमारी घिसिङ आज बेन्चमा छन्।
त्यस्तै म्यानमारको टोलीमा पनि उल्लेख्य परिवर्तन गरिएको छ। अघिल्लो खेलबाट म्यानमारले ८ परिवर्तन गरेको छ।
दुई टोलीबीचको समूह चरणको खेल २(२ गोलको बराबरीमा सकिएको थियो ।
यस्तो छ प्लेइङ ११
गोलकिपर- एन्जिला तुम्बापो सुब्बा। डिफेन्डर- पूजा राना, गीता राना, बिमला बिक, समीक्षा घिमिरे। मिडफिल्डर- प्रीति राई, सरु लिम्बू, रेनुका नगरकोटी । फरवार्ड – सावित्रा भण्डारी साम्बा, सविता राना मगर, रेखा पौडेल।