नेपालको उपाधि सपना अझै अधुरै, घरमै म्यानमारसँग स्तब्ध

26 Feb, 2025
Share:
117 Shares

नेपाली महिला फुटबल टिमको उपाधिको खडेरी अझै लम्बिने भएको छ। बुधबार भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग पराजित भएसँगै नेपालको उपाधिको सपना अझै अधुरै रहेको हो।

नेपाली महिला टिमले १३ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेले पनि उपाधि जित्न सकेको छैन।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १६ हजार घरेलु दर्शकमाझ नेपाललाई २–०ले हराउँदै म्यानमारले च्याम्पियनसिपको उपाधि उचाल्यो।

खेलको पहिलो हाफ गोलसहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा म्यानमार हावी भयो। उसले नेपालविरुद्ध दोस्रो हाफमा २ मिनेटमा २ गोल गरेको थियो।

खेलमा म्यानमारले ६३औं मिनेटमा अग्रता लियो। उसका लािग यु प्रर खिनीले गोल गरेकी थिइन्।

६४औं मिनेटमा आत्मघाती गोलमा म्यानमारले अग्रता दोब्बर बनायो। नेपाली डिफेन्डर गीता रानामगरले आफ्नै पोस्टमा गोल गरेकी थिइन्।

म्यानमारकी कप्तान विन तुनको प्रहार नेपाली गोलपिकर एन्जिला तुम्बापो सुब्बाले बचाएपछि डिफ्लेक्ट भएको बल डिफेन्डर गीतासँग ठोक्एिर गोल हुन पुगेको थियो।

खेलमा नेपालले पनि गोलका सुन्दर अवसर सिर्जना गरेको थियो। तर, सावित्रा भण्डारीले २ र रेखा पौडेलले १ अवसर खेर फालेका थिए।