बंगलादेश र मलेसियासँगको खेलका लागि नेपाली टिमको बिदाइ

11 Nov, 2025

बंगलादेश र मलेसियासँगको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ।

नेपाली टोलीलाई एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले बिदाइ गरे।

नेपालले नेभेम्बर १३ मा बंगलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपाली टिम उतैबाट एसियन कप छनोटको तेस्रो चरणको खेल खेल्न मलेसिया जाने छ। यो खेल नोभेम्बर १८मा हुनेछ।

नेपालले मलेसियासँगको खेल दशरथ रंगशालामै खेल्नुपर्ने थियो। तर, एएफसीले दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नदिँदा नेपालले होम र अवे दुवै खेल मलेसियामै खेल्न लागेको हो।

मूख्यप्रशिक्षका म्याट रसले राजीनामा दिएपछि एन्फाले हरि खड्कालाई यही दुई खेलका अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरको छ।

नेपाली टिम : किरण चेम्जोङ, अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]