बन्द प्रशिक्षणका लागि राष्ट्रिय टिमको घोषणा, युवा खेलाडी मनिष र श्यान्सु पनि परे

Read Time:2 Minute

मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेका छन्। मताइरीले विश्वकप र एसिया कप छनोटको तयारीका लागि बन्द प्रशिक्षण सुरु गर्न ३२ सदस्यीय टिम छनोट गरेका हुन्।

मुताइरीले दुई युवा खेलाडी मनिष डाँगी र श्यान्सु भुसाललाई पनि टिममा राखेका छन् । मनिष र श्यान्सु दुवै विदेशमा फुटबल खेलिरहेका छन् । मनिष कोरियामा खेल्छन् भने श्यान्सु कतारको क्लबमा उमेर समूहको टिममा छन्। श्यान्सु पहिलो पटक नेपाली टिममा परेका हुन भने मनिषले यसअघि नै उमेर समूहबाट खेलिसकेका छन्।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आउनुअघि मनिष र श्यान्सु दुवैले नेपाल सुपर लिग खेल्दैछन् । मनिष विराटनगर सिटी एफसीमा आबद्ध छन् श्यान्सु एफसी चितवनले अनुबन्धमा आबद्ध छन्।

बन्द प्रशिक्षणका मुताइरीले टिम घोषणा गरेपनि प्रशिक्षण भने नेपाल सुपर लिगपछि मात्र सुरु हुनेछ। नेपालले मे ३१ देखि जुन १५ भित्रमा विश्वकप छनोटका तीन खेल खेल्दैछ । त्यही खेलका लागि नेपाली टोलीले ३ जेठबाट बन्द प्रशिक्षण सुरु गर्दैछ ।

३२ सदस्यीय टिममा किरण लिम्बु, विकेश कुथु, दीप कार्की र विशाल सुनार गोलकिपरका रुपमा रहेका छन् । यस्तै, डिफेन्डरमा रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ छन् भने दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ र विकास खवास पनि छन्।

यस्तै, टिममा मिडफिल्डरका रुपमा त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट र सुमन लामा छन्। दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल र नवयुग श्रेष्ठ स्ट्राइकरमा रुपमा रहने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हारपछि पनि पिएसजी र चेल्सी सेमिफाइनलमा
Next post रियलका कप्तान रामोसलाई कोरोना संक्रमण
Close