नेपाली फुटबल टिमली आज भियतनाम जाँदै

7 Oct, 2025

एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनार्म जाँदै छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई सोमबार बिदाइ गरेका थिए।

नेपालले भियतनामसँग होम र अवे दुवै खेल खेल्नेछ भने दुवै खेल नेपालले भियतनाममा नै खेल्नेछ। खेल असोज २३ र २८ गते (अक्टोबर ९ र १४ ) हुनेछ।

समूह ‘एफ’ मा रहेको नेपालले यसअघि लाओससँग २–१ र मलेसियासँग २–० को हार बेहोरेको थियो । यही कारण छनोटको लागि भियतनाम विरूद्धको खेल निकै महत्वपूर्ण रहनेछ।

नेपालले पछिल्लो पटक तयारीको क्रममा बंलादेशसँग दशरथ रङ्गशालामा मैत्रिपुर्ण खेल खेलेको थियो । खेल बराबरीमा सकिएको थियो। दोस्रो खेल जेन–जी प्रदर्शनको कारण हुन सकेन।

टोलीका कप्तान किरण चेम्जोङ र लाकेन लिम्बु सिधै भियतनाम पुग्ने बताइएको छ टोलीमा २३ खेलाडी, प्रशिक्षणसहित ४० जना रहेको छ।

नेपाली राष्ट्रिय फुटबल टोलीमा किरण चेम्जोङ (कप्तान),अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेंजन, जिलेस्पी जङ्ग कार्की, कृतिश रत्न छुन्जु, कुशल देउबा, लाकेन लिम्बु, मणी कुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठाकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ रहेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]