सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

इंग्ल्यान्डको सी टिमसँग खेल्दै नेपाल

इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज इंग्ल्याण्ड सी सँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले पहिलो पटक इंग्ल्याण्ड गएर त्यहाँको फुटबल टोलीसँग प्रतियोगिता खेल्न लागेको हो ।

खेल अल्डरसट टाउन एफसीको इबीबी रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार राति ८स्४५ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यसअघि शनिबार नेपालले ब्रिटिस आर्मीसँग खेलेको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

इंग्लयाण्ड सी टिममा त्यहाँको नन लिग खेल्ने क्लबहरुका खेलाडी समावेश छन् ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेल खेलिरहेको नेपाली टोली बाँकी २ खेलको तयारी स्वरुप इंग्ल्याण्ड गएको हो ।

समूह एचमा रहेको नेपालले जेठ अन्तिममा युएईसँग घरेलु मैदान र यमनसँग अवे मैदानमा खेल्ने तालिका छ ।

समूहको चारवटै खेलमा पराजित भएको नेपाल विश्वकपक छनोटको अर्को चरणमा पुग्ने सम्भावना सकिइसकेको छ । यद्यपि, नेपालले एसियन कप छनोटको तेस्रो चरण भने खेल्न पाउनेछ ।

पहिलो पटक बेलायत गएर खेल्न लागेको नेपाली टोली नतिजाभन्दा पनि त्यहाँको आधुनिक फुटबल र फुटबल संस्कृति सिक्न उत्सुक छ ।

1.3Kशेयर