इंग्ल्यान्डको सी टिमसँग खेल्दै नेपाल

6 May, 2024

इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज इंग्ल्याण्ड सी सँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले पहिलो पटक इंग्ल्याण्ड गएर त्यहाँको फुटबल टोलीसँग प्रतियोगिता खेल्न लागेको हो ।

खेल अल्डरसट टाउन एफसीको इबीबी रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार राति ८स्४५ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यसअघि शनिबार नेपालले ब्रिटिस आर्मीसँग खेलेको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

इंग्लयाण्ड सी टिममा त्यहाँको नन लिग खेल्ने क्लबहरुका खेलाडी समावेश छन् ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेल खेलिरहेको नेपाली टोली बाँकी २ खेलको तयारी स्वरुप इंग्ल्याण्ड गएको हो ।

समूह एचमा रहेको नेपालले जेठ अन्तिममा युएईसँग घरेलु मैदान र यमनसँग अवे मैदानमा खेल्ने तालिका छ ।

समूहको चारवटै खेलमा पराजित भएको नेपाल विश्वकपक छनोटको अर्को चरणमा पुग्ने सम्भावना सकिइसकेको छ । यद्यपि, नेपालले एसियन कप छनोटको तेस्रो चरण भने खेल्न पाउनेछ ।

पहिलो पटक बेलायत गएर खेल्न लागेको नेपाली टोली नतिजाभन्दा पनि त्यहाँको आधुनिक फुटबल र फुटबल संस्कृति सिक्न उत्सुक छ ।