विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।
युएईविरुद्धको खेल दशरथ रंगशालामै हुनुपर्नेमा थियो, तर मैदान खेल्न योग्य नभएपछि नेपालले युएईविरुद्ध घरेलु मैदानमा खेल्न पाउने छैन। यो खेल कहाँ हुन्छ अझै टुंगो लागेको छैन।
जेठ २४ मा युएईसँग खेलेपछि नेपालले अन्तिम खेल जेठ २९ मा यमनसँग कतारमा खेल्नेछ।
टोलीमा पर्नेमा गोलकिपरबाट किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत छन्।
रक्षापंक्तिको खेलाडीमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ रहेका छन् ।
मिडफिल्डरमा भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन्।
फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट रहेका छन् ।
समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेल गुमाइसकेको छ। नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो। यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो।