नेपालमा लामो समयदेखि लिग हुन नसकेपछि नेपालका अधिकांश खेलाडीहरु बंगलादेशमा लिग खेल्न गएका छन्।
अहिलेसम्म ८ नेपाली राष्ट्रिय टिमका सदस्यले बंगलादेशमा लिग खेल्ने पक्का भएको छ।
पछिल्लो पटक स्ट्राइकर अञ्जन विष्ट मिडफिल्डर एरिक विष्ट तथा डिफेन्डरद्वय सनिश श्रेष्ठ र योगेश गुरूङले बंगलादेश प्रिमियर लिग खेल्ने भएका हुन्।
उनीहरु चारै जना एउटै क्लबमा आबद्ध भएका छन्। उनीहरुलाई ब्रदर्श युनाइटेडले अनुबन्धन गरेको हो।
यसअघि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ र विंगर आयुष घलानलाई बंगलादेश पुलिस क्लबमा आबद्ध भएका थिए भने
डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज एमएफएस र अनन्त तामाङलाई फर्सिट एफसीमा आबद्ध भएका थिए।
