थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली महिला फुटबल टिमको बिदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबीच थाइल्यान्ड जाने नेपाली टिमलाई बिदाई गरेको हो।
कार्यक्रममा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले नेपाली टिमलाई बिदाई गरे। सोक्रमा अध्यक्ष नेम्वाङले टोलीबाट धेरै आशावादी रहेको बताउँदै जितको शुभकामना दिए ।
नेपाल र थाइल्याण्डबीचको पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ।
एन्फाले उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारीका लागि थाइल्याण्डसँग मैत्रीपूर्ण खेलको व्यवस्था गरेको हो।
नेपाली टोली आजै मंगलबार थाइल्याण्ड प्रस्थान गरिसकेको छ।
