सावित्रा र अञ्जनाले पेनाल्टी चुकाउँदा नेपालले गुमायो एसियन कप खेल्ने अवसर

6 Jul, 2025

नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ। शनिबार राति भएको समूहको अन्तिम खेलमा आयोजक उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालले २६ वर्षपछि एसियन कप खेल्ने अवसर गुमाएको हो।

निर्धारित समयको खेल ३-३ को बराबरीमा सकियो। समूहमा अंकक र गोल संख्या बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

पेनाल्टीमा स्टार खेलाडी तथा कप्तान सावित्रा भण्डारी र अञ्जना रानामगरले गोल गर्न नसक्दा नेपाल ४-२ले पराजित भयो। सावित्राको प्रहार पोस्टामा लागेको थियो भने अञ्जनाको प्रहार उज्वेकी गोलकिपरले रोकेकी थिइन्।

नेपालका लागि गीता राना र सविना रानागरमले मात्र गोल गरे। उज्वेकितानका शोयिमोभा, जोइरोभा, खिक्मतोभा र अमिन्जोनोभाको हार गोलमा परिणत भएको थियो।

त्यसअघि निर्धारित समयमा सुरुआतमै २ गोल खाँदा नेपाल दबाबमा आएको थियो। खाबीबुल्लाएभाले दास्रो मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाइन्। ११औं मिनेटमा काराचिकको प्रहार नेपाली डिफेन्डर समीक्षा घिमिरेमा डिफ्लेक्ट हुँदै गोल भएको थियो।

२४औं मिनेटमा गोल गर्दै कप्तान साबित्रा भण्डारीले नेपाललाई खेलमा फर्काउने प्रयास गरिन्। तर ३९औं मिनेटमा प्राप्त पेनाल्टीमा शोएमोभले गोल गर्दै उज्बेकिस्तानलाई ३0१ को अग्रता दिलाइन्।

पहिलो हाफको इन्जुरी समयमा उज्वेकिस्तानकी एन एर्गासेभाले रातो कार्ड पाएपछि ऊ १० खेलाडीमा समेटियो। त्यसको फाइदा उठाउँदै नेपालले घरेलु टोलीमाथि दबाब बनाएको थियो।

त्यसपछि २ मिनेटमा २ गोल गर्दै सावित्राले नेपाललाई खेलमा फर्काइन्। उनले उनले ७१ र ७३औं मिनेटमा गोल गर्दैै ह्याट्रिक गरिन्। उनको यो लगातार तेस्रो ह्याट्रिक हो। निर्धारित समयमा थप गोल नहुँदा खेल बराबरीमा सकियो।

पेनाल्टीमा प्राप्त जितसँगै उज्वेकिस्तान २२ वर्षपछि एसियन कपमा छनोट भएको छ। उसले अन्तिम पटक सन् २००३मा एसियन कप खेलको थियो।

यता, नेपालले भने २६ वर्षपछि एसियन कप खेल्ने अवसर गुमायो। यो हारले नेपालको विश्वकप र ओलम्पिकको यात्रामा पनि पूर्णविराम लागेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]