कीर्गिस्तानविरुद्ध नेपाललाई पहिलो हाफमा १–०को अग्रता, फिनिसिङमा चुके नेपाली खेलाडी

17 Feb, 2025

चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनको पहिलो खेलमा नेपालले पहिलो हाफमा १–०को अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले कीर्गिस्तानविरुद्ध पहिलो हाफमा पूर्ण खेल आफ्नो नियन्त्रणमा राखे पनि १ गोलमात्र अग्रता लियो।

विमला चौधरीले खेलमा १०औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। राष्ट्रिय टिममा विमलाको यो पहिलो गोल हो।

खेलमा नेपालले पूर्ण रुपमा दबाब बनाएको थियो। नेपालले १७ सट प्रहार गर्दा ९ सट फ्रेममा थियो। तर, नेपाली खेलाडी फिनिसिङमा चुके।

इन्जुरी समयको अन्त्यमा नेपालका लागतार दुई प्रहार बारमा लागेर फर्किएको थियो। यता, कीर्गिस्तानले गोलको एउटै मुभ बनाउन सकेको छैन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]