थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टिमको घोषणा, टिममा पुरानै अनुहार

23 May, 2025

आगमी जुन २मा हुने थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलका नेपाली महिला फुटबल टिमको घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले केही साताको बन्द प्रशिक्षणपछि २३ सदस्यी टिम घोषणा गरे। टिमको कप्तानमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नै छिन्।

मुख्यप्रशिक्षक तामाङ बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडीबाट टिम छनोट गरेका हुन्। लिला जोशी, प्रतिक्षा चौधरी, सबिना चौधरी, हेमा राउत, तुलासा बोहरा, ममता पुन, मिना देउवा र पूर्णिमा राईले अन्तिम टिमाम स्थान बनाउन सकेनने।

ेनेपाली टिममा अधिकांश पुरानै अनुहार छन्।

जुन २ को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअघि मे ३० मा ‘क्लोज डोर’ थाइल्यान्डसँगै अर्को म्याच पनि खेल्ने छ। एएफसी वुमन्स एसियन कप छनोटको तयारीका लागि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो।

नेपाली टिम : अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ (गोलकिपर), अमृता जैशी, गीता राना, विमला बि।क।, पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे र मनमाया दमाई (डिफेन्डर), अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल र सुष्मा तामाङ (मिडफिल्डर), साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल (फरवार्ड) ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]