बेल्जियमा जन्मिएका इटालीयन नागरिक गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। करिब ३ सातादेखि नेपालमै रहेका हुने आज एन्फाबाट नियुक्त पत्र बुझेका छन्।
उनलाई एन्फा महासचिव किरण राईले बिहीबार नियुक्तिपत्र प्रदान गरे।
उनले मार्च २६ मा दशरथ रंगशालामा हुने हङकङसँगको मैत्रीपूर्ण खेल मार्फत औपचारिक जिम्मेवारी सम्हाल्ने छन्।
उनले हङकङविरुद्धको खेलका लागि टिम छनोट गर्न राष्ट्रिय लिगका खेलहरु नियमित हेरिरहेका थिए।
एसियाका विभिन्न क्लबहरुका प्रशिक्षण दिइसकेका ५२ वर्षीय एरेना पछिल्लोसमय लाओसको मुख्य प्रशिक्षक थिए। उनीसँग युइएफएको प्रो लाइसेन्स छ।
