डेढ वर्षपछि ब्राजिलको टिममा फर्किए नेमार

7 Mar, 2025

सुपर स्टार नेमार जुनियर डेढ वर्षपछि ब्राजिलको राष्ट्रिय टिममा फर्किएका छन्।

मुख्य प्रशिक्षक डोरिवल जुनियरले नेमारलाई समेट्दै विश्वकपको दक्षिण अमेरिकी छनोटका लागि ब्राजिलको टिम घोषणा गरेका हुन्।

विश्वकपको छनोटका संघर्ष गरिरहेको ब्राजिलले आगामी फिफा विन्डोमा अर्जेन्टिना र कोलम्बियासँग खेल्ने छ। उसले मार्च २१मा कोलम्बिया र मार्च २६मा अर्जेन्टिनासँग खेल्नेछ।

३३ वर्षीय नेमार १७ महिनापछि ब्राजिलको टिममा फर्किएका हुन्। उनी सन् २०२३को अक्टोबर यता ब्राजिलको टिमम थिएनन्।

अक्टोबर १८ मा भएको उरुग्वेविरुद्धको खेलका क्रममा उनी घाइते भएका थिए। उनी एसिएल इन्जुरीमा परेका थिए। सो खेलमा ब्राजिल २–०ले पराजित भएको थियो।

त्यसपछि नेमार चोटमुक्त हुँदै मैदान फर्किका थिए। तर, फेरि २०२४को नोभेम्बरमा ह्यामिस्ट्रङ भएपछि उनी मैदानबाट बाहिरिएका थिए।

अगामी विश्वकप खेल्ने लक्ष्यसहित अहिले नेमार आफ्नै पूर्वक्लब सान्तोष फर्किएका थिए। जनवरीमा ६ महिनाका लागि सान्तोष फर्किएका उनले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेका छन्। सोही कारण उनी ब्राजिललको टिममा फर्किएका छन्।

सान्तोषमा फिटनेसमा काम गरिरहेका नेमारको लक्ष्य समर ट्रान्सफरमा अर्को पूर्वक्लब बार्सिलोना फर्कने लक्ष्य छ। उनलाई पुनः क्लबमा फर्काउन बार्सिलोना पनि सकारात्मक देखिएको छ।

अर्जेन्टिना र कोलम्बियाविरुद्धको खेलका लागि घोषणा गरिएको टिमका नेमारसँगै भिनिसियस जुनियर, रोड्रिगो, राफिन्हा, म्याथिस कुन्हाजस्ता स्टार खेलाडी छन्।

ब्राजिलको टिम : एलिन्सन, इडर्सन, बेन्टो ९गोलकिपर०, डानिलो, ग्याब्रिअल मागालेस, गुइलेर्मो अराना, लियो ओर्टिज, मार्किन्होस, मुरिलो, भेन्डर्सन र वेस्लेभ ९डिफेन्डर०, आन्द्रे, ब्रुनो गुइमारेस, गेर्सन, जोएलिङ्टन, म्याथिस कुन्हा, नेइमार ९मिडफिल्डर०, स्टेभाओ, जोआ पेड्रो, भिनिसियस, रोड्रिगो, राफिन्हा, साभियो ९स्ट्राइकर०।