चोट मुक्त हुँदै १७ महिनापछि ब्राजिलको टिममा फर्किएका सुपरस्टार नेमार जुनिएको राष्ट्रिय टिमको पुनरागमन थप लम्बिने भएको छ।
विश्वकप छनोट अन्तर्गत अर्जेन्टिना र कोलम्बियाविरुद्धको खेलाका लागि घोषणा गरिएको ब्राजिलको टिममा रहेका नेमारको टिमबाट बाहिरिएका छन्। चोटलाई मध्यनगर गर्दै नेमार आफैंले टिमबाट नाम फिर्ता लिएका हुन्।
नेमारले कोचिङ स्टाफहरूसँगको छलफलपछि नै यस्तो निर्णय लिएको बताएका छन्। पूर्ण रुपमा चोटमुक्त हुन चाहेकाले जोखिम लिन नचाहेको उनले बताएका छन्।
नेमारले राष्ट्रिय टिमबाट नाम फिल्ता लिएसँगै युवा स्ट्रायकर एन्ड्रिकलाई टिममा बोलाइएको छ। रियल मड्रिडबाट खेल्ने थोरै मात्र मौका पाएपछि एन्ड्रिक पछिल्लो समय ब्राजिलको टिमबाट बाहिर रहँदै आएका थिए।
विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले मार्च २१ मा र मार्च २६ मा अर्जेन्टिनासँग खेल्नेछ। छनोट ब्राजिल १८ अंकसहित पाँचौं स्थानमा छ। उसले १२ खेलमा ५ जित, ४ हार र ३ बराबरी खेलेको छ।