नेमारको गोलमा फ्लेमेङ्गोमाथि सान्तोषको जित

17 Jul, 2025

स्टार स्ट्राइकर नेमार जुनियरको निर्णयाक गोलमा ब्राजिलियन लिगमा सान्तोष विजयी भएको छ। बिहीबार बिहान भएको खेलमा सान्तोषले लिग लिडर फ्लेमेङ्गोमाथि १–०को जित निकाल्यो।

नेमारले खेलको ८४ मिनेटमा डिबक्स भित्रबाट २ डिफेन्डर छलाउँदै उत्कृष्ट गोल गरेका थिए। त्यसपछि गोल नहुँदा सान्तोष विजयी भयो।

खेलमा दबाबमा फ्लेमेङ्गोले बनाएको थियो। उसले ७५ प्रतिशत बल पोजेसन बनाउँदा १० सट प्रहार गर्दा ५ सट फ्रेममा थियो। यता, सान्तोषका ८ मध्ये ४ सट फ्रेममा थियो।

यो जितपछि सान्तोष १३ खेलमा १४ अंक जोड्दै १३औं स्थानमा छ। यो उसको चौथो जित मात्र हो। यता, फ्लेमेङ्गो भने २७ अंकसहित शीर्ष स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]