शुक्रबारदेखि काठमाडौंमा हुने दोस्रो संस्करणको फ्रेञ्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल)को तयारी पूरा भएको छ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसएलका निर्देशक श्रेयांस कार्कीले प्रतियोगिता सुरु हुनु दुई दिन अघि सबै तयारी पूरा भएको घोषणा गरेका हुन्।
‘अब हामी दुई दिन टाढा छौँ एनएसएलबाट, सबै तयारी भइसकेको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘विदेशी खेलाडीहरु आइसकेका छन् । केही विग नेम छन् । विदेशी कोच छन्। आइकोनिक क्याटेगोरी छन्। त्यमसा पालयन भइसकका खेलाडीहरु पनि फर्किएका छन्।’
कोरोना भाइरस संक्रमणका कारण पहिलो सिजन दर्शकको उपस्थिति बिना प्रतियोगिता भएको थियो । यस पटक स्टेडियममा दर्शक उपस्थित हुने छन्।
दर्शकको मनोरञ्जनका लागि स्टेडियमा डीजे र चियर लिडरलाई पनि एनएसएलमा समावेश गराउने कार्कीले बताए । प्रतियोगिताको उद्घाटन समारोहमा सुशान्त केसी, ट्वीनी गर्ल्स र वाङ्देन शेर्पाले मनोरञ्जनात्मक प्रस्तुति दिने छन्।
लेजेण्ड फुटबलर डिडियर ड्रोग्बा पनि एनएसएलका बेला काठमाडौं आउने भएकाले धेरै समर्थक उत्साहित रहेको कार्कीले बताए।
एक महिनासम्म चल्ने प्रतियोगिताका खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ। ९ टिम सहभागी यो प्रतियोगिताका खेलहरु दशरथ रंगशालामा हुने छन्।