एफसी चितवन तेस्रो संस्करणको नेपाल सुपर लिगको प्लेअफमा पुगेको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा धनगढी एफसीमाथि ३)१को जित निकाल्दै चितवनले प्लेअफमा स्थानमा बनाएको हो।
एफसी चितवन पहिलो पटक प्लेअफमा पुगेको हो। यसअघिका दुवै संस्करणमा चितवन समूह चरणमै रोकिएको थियो। यो जितपछि १० अंकसहित चितवन तेस्रो हुँदै प्लेअफमा पुगेको हो।
अब चिवतनले एलिमिनेटर खेल्ने छ। उसले एलिमिनेटरमा लिगमा चौथो बनेको पोखरा एभन्जर्ससँग खेल्ने छ।
यता, चितवन प्लेअफमा पुग्दा काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ। ऊ ८ अंकसहित पाँचौं स्थानमा रह्यो।
धनगढी भने यसअघि नै प्लेअफमा पुगिसकेको थियो। धनगढी ११ अंकसहित दोस्रो भयो। उसले क्वालिफायरमा शीर्ष स्थानको ललितपुर सिटी एफसीसँग खेल्ने छ।
दशरथ रंगशालमा चितवनले एक गोलले पछि परेको अवस्ता उल्टाउँदै जित निकालेको हो। चितवनका लागि नोदिर माभलानोभ र जय गुरुङले समान एक गोल गरे भने अर्कोा गोल धनगढीका अमृत श्रेष्ठले आत्मघाती गोल गरेका थिए। धनगढीका लागि जर्ज प्रिन्स कार्कीले गोल गरे ।
खेलको सातौं मिनेटमा जर्ज प्रिन्सले गोल गर्दै धनगढीलाई अग्रता दिलाए। १४औं मिनेटमा कप्तान नोदिरले पर्नाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। जय गुरुङले इन्जुरी समय गोल गरेपछि पहिलो हाफमा चितवनले २)१को अग्रता लियो।
दोस्रो हाफमा पनि चितवनले गोल थप्यो । ५०औं मिनेटमा धनगढीका अमृतले आत्मघाती गोल गोल गरे।