एनएसएलको तेस्रो सिजनका लागि ललितपुरले सनिश र आदित्यलाई गर्‍यो रिटेन

14 Feb, 2025
Share:
117 Shares

तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले दुई खेलाडीलाई रिनेट गरेको छ।

एनएसएलले यसै सिजनबाट ल्याएको रिनेटको प्रवधान अनुसार ललितपुरले डिफेन्डर सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरेको हो।

सनिश ए र आदित्य बी क्याडेगोरीका खेलाडी हुन्। दुवै अघिल्लो सिजन ललितपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। दुवै राष्ट्रिय टिमका सदस्य हुन्।

अघिल्लो पटक ललितपुरलाई मार्की खेलाडी अनन्त तामाङले कप्तानी गरेका थिए।

एनएसएलको तेस्रो संस्करण चैत १६ गते सुरु हुनेछ भने खेलाडी अक्सन फागुन १० गते हुनेछ।

अघिल्लो पटक ९ टिम रहेको एनएसएलमा यो पटक ७ टिममात्र रहने छन्।