एनएसएलमा आज दुई खेल हुँदै

16 Dec, 2023

नेपाल सुपर लिग (एनएसएल)मा आज दुई खेल हुँदैछन्।

दशरथ रंगशालामा हुने पहिलो खेलमा वीरगंज युनाटेड र पोखरा थण्डर्स भीड्नेछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ।

साँझ ५ बजे हुने खेलमा एफसी चितवनले स्पोर्टिङ इलाम एफसीको सामना गर्नेछ।

चौथो स्थाको पोखरा र आठौं स्थानको वीरगञ्ज दुवैलाई प्लेफका पुग्न ३ अंक मत्वपूर्ण छ। त्यसैले दुवै टिम जितका लागि मैदान उत्रनेछन्। पोखरा ५ खेलमा ८ अंकसहिच चौथो र वीरगञ्ज ५ अंकसहित आठौं स्थानमा छ।

आजको खेल जितेमा पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्नेछ। अघिल्लो खेलमा इलामलाई हराएर पहिलो जित निकालेको वीरगं युनाइटेडका लागि प्लेअफ पुग्ने हो भने आजको खेल जित्नैपर्ने छ। पराजित भएमा वीरगंजको प्लेअफ यात्रा कठिन बन्नेछ।

यस्तै आजको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुनेछ । ६ वटा खेल खेलेको चितवन पाँच अंकसहित सातौँ स्थानमा छ भने समान खेलमा इलाम ४ अंकसहित तालिकाको पुछारमा छ ।

प्लेअफ पुग्ने सम्भावना कायम राख्न चितवनलाई आज जित्नुको विकल्प छैन। चितवनले प्लेअफ पुग्नका लागि अब बाँकी दुई खेल जितेर मात्र पनि निश्चित छैन । चितवनलाई अन्य टोलीको नतिजाले पनि प्रभाव पार्ने छ।

आज पराजित हुने टोली औपचारिक रुपमै प्लेअफ होडबाट बाहिरिनेछ।