एनएसएलको तेस्रो सिजनको पहिलो जित चिवतनको नाममा, पाेखरा पराजित

31 Mar, 2025
Share:
117 Shares

सोमबार जारी नेपाल सुपर लिगको तेस्रो सिजनको पहिलो जित निकिस्एको छ। पहिलो जित स्टार खेलाडी अञ्जन विष्टको कप्तानीमा रहेको चिवनत एफसीको नाममा रह्यो।

सोमबार साँझ दशरथ रंगशालामा भएको खेलमा चिवतनले पोखरा थन्डर्समाथि २–०को जित निकाल्यो। यसअघि भएको प्रतियोगिताका दुवै खेल बराबरीमा सकिएका थिए।

चिवतनलाई जित दिलाउन नोदिर माभलोनोभ र निरज चौधरीले गोल गरे। चितवनले दुवै हाफमा समान १ गोल गरेको थियो।

१५औं मिनेटमा नोदिरले गोल गर्दै खेलमा चितवनलाई सुरआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो।

खेल १–० तर्फ नै अघि बढिरहेका बेला इन्जुरी समयको छैठौं मिनेटमा निरजले गोल गरेपछि चिवतन २–०ले विजयी भयो।

एनएसएलमा चितवनले पोखरामाथि पहिलो पटक जित निकालेको हो। यसअघिका दुई संस्करणमा भएका तीन भीडन्तमा तीनै खेल पोखरा विजयी भएको थियो।