गोल नदिएको भन्दै पोखरा थन्डर्सका किट् पार्टनर प्रमुख रेफ्रिमाथि जाइलागेपछि…

2 Apr, 2025

तेस्रो संस्करणको नेपाल सुपर लिगअन्तर्गत बुधबार साँझ दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन ललितपुर एफसी र पोखरा थन्डर्स भीडे। खेल ललितरपुरले ३–२ले जित्यो।

तर, खेल तनावपूर्ण बन्यो। खेलमा २ गोलाले पछि परेको पोखराले ८१औं मिनेटमा गोलको अपिल गरेको थियो।

समीर तामाङको क्रसमा कप्तान नवयुगले प्रहार गरेको बल ललितपुरका गोलकिपर जेफ्राले उत्कृष्ट बचाउन गरे। तर, पोखराका खेलाडीहरूले बलले लाइन पार गरिसकेको भन्दै गोलले मान्यता पाउनुपर्ने अडान राखेका थिए।

तर, रेफ्री नवीन्द्र महर्जनले गोलको मान्यता दिएनन् । त्यसपछि नवयुग र समीरले लाइन्यम्यानसँग प्रतिवाद गरेका थिए। रेफ्रि नवीन्द्र महर्जनले दुवैलाई सम्झाउने प्रयास गरिरहेका थिए।

त्यहीबेला पोखराका किट पार्टनर जि स्पोर्ट्सका प्रमुख सुन्दर थापा रेफ्रीलाई हात नै हाल्न झम्टिएका थिए। उनलाई सम्झाउन एनएसएलका कम्पिटिसन डिरेक्टर सञ्जीव मिश्र पुगे। तर, सञ्जीवमाथि नै हातपात भएपछि अवस्था तनावपूर्ण भएको थियो।

त्यसपछि मैदानमा केहीबेर तनावपूर्ण अवस्थाको सिर्जना भएको थियो।

पोखराको अफिसिलय बेन्च लिस्टमा नामसम्म नभएका सुन्दर लाई बाहिर निकाल्न सुरक्षाकर्मी प्रयोग गर्नुपरेको थियो।