एनएसएलमा चितवनको लगातार दोस्रो जित, बुटबलको दोस्रो हार

5 Apr, 2025
Share:
117 Shares

नेपाल सुपर लिगमा एफसी चितवनले लगातार दोस्रो जित निकालेको छ। प्रतियोगितामा लागतार दोस्रो जित निकाल्ने क्रममा उसले बुटवल लुम्बिनी एफसीलाई १–०ले हरायो।

शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा चितवनलाई लागतार दोस्रो जित दिलाउने क्रममा टोरिक जेब्रिनले निर्णायक गोल गरे। खेल बराबरीतर्फ उन्मूख भइरहेका बेला उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए।

एनएसएलमा चिवतनले बुटबललाई हराएको पहिलो पहिलो पटक हो। यसअघिका दुई भेटमा दुवै खेल बराबरीमा सकिएका थिए।

लगातार दोस्रो जितसँग ६ अंक जोड्दै चितवन शीर्ष स्थानमा उक्लिएको छ। यसअघि पहिलो खेलमा चितवनले पोखरा थन्डर्सलाई २–० ले हराएको थियो।

यता, तीन खेल खेलेको बुटबलको यो दोस्रो हार हो। अझै जितबिहीन रहेको उसको १ अंक मात्र छ। झापासँग बराबरी खेलेको बुटवल धनगढीसँग ३–१ ले पराजित भएको थियो।