चितवनमाथि जित निकाल्दै ललितपुर एनएसएलको शीर्ष स्थानमा, नायक बने मणि लामा

10 Apr, 2025
Share:
117 Shares

डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिउको छ।

बिहीबार साँझ त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा भएको खेलमा एफसी चिवतनलाई १–०ले हराउँदै ललितपुर शीर्ष स्थानमा उक्लिएको हो।

ललितपुरको ४ खेलमा ८ अंक भएको छ। उसको यो दोस्रो जित हो। अन्य दुई खेलमा ऊ बराबरीमा रोकिएको थियो।

यता, चितवनको भने यो पहिलो हार हो। यो हारपछि उसले शीर्ष स्थान गुमाएको छ। ऊ ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ।

खेलमा ललितपुरका लागि मणि लामा र इमोह इजेकेल गोल गरे। चितवनका लागि भिक्टोर मानसारले गोल गरेका थिए।

खेलमा अग्रता पनि ललितपुरले नै लियो। खेलको तेस्रो मिनेटमा इजेकेलले गोल गरेका थिए। उनले मणि लामाको पासमा गोल गरेका थिए। यो जारी सिरिजका सार्वधिक छिटो गोल हो।

७४औं मिनेटमा चितवनले बराबरी गोल फर्कायो। उसका विदेशी खेलाड िमानसारले गोल गरेका थिए। तर, बराबरी धेरैबेर कयम रहेन। ८०औं मिनेटमा मणि लामाले गोल गरेका थिए।