स्टार फुटबल जो एनएसएल अक्सनमा बिकेनन्

22 Feb, 2025
Share:
117 Shares

नेपाल सुपर लिग (एनएसएल)को तेस्रो खेलाडी अक्सन सकिएको छ।

शनिबार भएको मिनि अक्सनमा ए र बी क्याटेगोरीका गरी कुल ६० खेलाडी सहभागी थिए। जसमध्ये ८ क्लबले ३९ खेलाडीमाथि बोली लगाएका छन्।

जसमध्ये ८ खेलाडीमाथि सर्वाधिक ४ लाख रुपैयाँ बोली लागेको छ।

अक्सनमा थुप्रै स्टार खेलाडी अनसोल्ड भए। जसमा भरत खवास, नवयुग श्रेष्ठ, विकेश कुथु, दीप कार्की, विशाल सुनार, राजेश परियार जस्ता खेलाडीमा बोली लाग्न सकेन्।

यी मध्येपनि राष्ट्रिय टिममै रहेका गोलकिपरद्वय दीप कार्की, विशाल सुनार र स्ट्राइकर राजेश परियार माथि बोली नलाग्दा धेरैले अचम्म मानेका छन्। यी मध्ये पनि दीप र विशालले घरेलु फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गरिरेहका छन्।

तर, अक्सनमा अनसाेल्ड भएपनि दीप कार्की विस लिस्ट मार्फत बुटबल लुम्बिनीमा जाेइन भएका छन्।

यस्तै, राजीव लोप्चन, विक्रम तामाङ, रेजिन सुब्बा, सत्रुघन चौधरी, जियारथ शेखमाथि बोली लागेन्।

यस्तै, अन्य अनसोल्ड हुने खेलाडीमा उज्वल राई, निर्मल बल, हरि कार्की, लक्षु थापा, युवराज खड्का, सन्दिप कार्की, पुजन होना, निरज चौधरी, अनिल भोम्जन र आशिष राई छन्।