फ्रान्सलाई हराउँदै स्पेनले जित्यो ओलम्पिक फुटबलको स्वर्ण

10 Aug, 2024

स्पेनले ओलम्पिकमा पुरुष फुटबलको स्वर्ण पदक जितेको छ। शुक्रबार राति पेरिसमा भएको रोमाञ्चक फाइनलमा आयोजक फ्रान्सलाई ५–३ले पराजित गर्दै स्पेनले स्वर्ण जितेको हो।

निर्धारित सयमको खेल ३–३ को बराबरीमा सकिएको थियो। तर, थप गएिको समयमा २ गोल थप्दै स्पेनल स्वर्ण जित्यो ।

स्पेनले दोस्रोओलम्पिमा पुरुष फुटबलको दोस्रो स्वर्ण हो। यसअघि सन् १९९२ मा स्पेनले स्वर्ण जितेको थियो। अघिल्लो ओलम्पिकमा पनि स्पेन फाइनल पुगेको थियो, तर ब्राजिलसँग पराजित भएको थियो।

खेलमा अग्रता भने फ्रान्सले लियो। एन्जो मिलोटले ११औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, त्यो अग्रता धेरैबेर कायम रहन सकेन।

फर्मिन लोपेजले १८औं मिनेटमा स्पेनका लागि बराबरी गोल फर्काए। लोपेजले नै २५औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए। २८औं मिनेटमा एलेक्स बाएनाले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि स्पेनले पहिलो ३–१को अग्रता लियो।

फ्रान्सले दोस्रो हाफको अन्त्यतिर पुनरागमन गर्‍यो। ७९औं मिनेटमा माइकल ओलिसेको फ्रिकिकमा मागनेस अच्लिउचोले गोल गर्दै फ्रान्सलाई खेलमा फर्र्काए। त्यसपछि अतिरिक्त समयमा जान फिलिप मटेटाले पेनाल्टीमा गोल गरेपछि निर्धारित समयको खेल ३–३ को बराबरीमा सकियो।

त्यसपछि खेलमा ३० मिनेट समय थप भयो। त्यसमा स्पेन हावी भयो। १ सयौं मिनेटमा सर्जियो कामेलोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसपछि ३० मिनेटको पनि अतिरिक्त समयमा काउन्टमा कामेलोले नै गोल गरेपछि स्पेन ५–२ले विजयी भयो।

ओलम्पिक पुरुष फुटबलमा इजिप्टलाई ६–०ले हराउँदै मोसक्कोले कास्य पदक जित्यो।