ब्राजिललाई हराउँदै अमरिकाले जित्यो ओलम्पिक महिला फुटबलको स्वर्ण

11 Aug, 2024
Share:
117 Shares

पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको स्वर्ण अमेरिकाले जितेको छ।

शनिबार राति भएको फाइलनमा ब्राजिललाई १–० ले हराउँदै अमेरिकाले १२ वर्षपछि स्वर्ण जितेको हो।

गोलरहित बराबरीमा सकिएको खेलको पहिलो हाफमा ब्राजिल पूर्णरुपमा हावी थियो। तर, दोस्रो हाफमा भने अमेरिकाले उत्कृष्ट खेल खेलेको थियो। ५७औं मिनेटमा मालोरी स्वान्सनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन्।

त्यसपछि गोल नहुँदा अमेरिकाले विजयी भयो। यो अमेरिकाको पाँचौं स्वर्ण हो। यसअघि उसले सन् १९९६, २००४, २००८ र २०१२ स्वर्ण जितेको थियो।

यता, ब्राजिल भने तेस्रो पटक फाइलन पुगेर पनि स्वर्ण जित्न असफल भयो। यसअघि २००४ र २००८ पनि ब्राजिल अमेरिकासँगै पराजित भएको थियो।