पेरिस ओलम्पिक : पुरुष फुटबलको क्वाटरफाइनल समीकरण पूरा

31 Jul, 2024

पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ।

आयोजक फ्रान्स शतप्रतिशत जितसहित क्वाटरफाइनलमा प्रवेश गर्दा स्वर्ण दाबेदारहरू अर्जेन्टिना र स्पेन पनि अन्तिम आठमा पुगेका छन्। एसियाली राष्ट्र जापानले पनि समूह चरणमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको छ।

समूह एबाट आयोजक फ्रान्ससँगै अमेरिका, समूह बीबाट मोरक्को र अर्जेन्टिना, समूहसी बाट इजिप्ट र स्पेन तथा समूह डीबाट जापान र पाराग्वेले अन्तिम आठमा स्थान बनाएका हुन्।

अब क्वाटरफाइनलमा फ्रान्स र अर्जेन्टिनाबीच भिडन्त हुनेछ भने अमेरिकाले मोरक्कोसँग खेल्नेछ। यस्तै इजिप्टले पाराग्वेसँग खेल्दा जापान र स्पेनबीच भिडन्त हुनेछ।

क्वाटरफाइनल खेल अगष्ट २ मा हुनेछ। सेमिफाइनल अगष्ट ५ मा हुनेछ भने फाइनल खेल अगष्ट ९ मा हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]