म्यान्चेस्टर सिटीका युवा स्टार फिल फोडेन यो सिजनको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
द फुटबल राइटर्स एसोसिएटले २३ वर्षीय फोडेनलाई प्रिमियर लिगको २०२४ को ‘मेन्स फुटबलर अफ् द इयर’ घोषित गरेको हो।
यसक्रममा उनले आफ्नै टिममेट इर्लिङ हालान्डलाई पछि परे। अघिल्लो सिजन यो अवार्ड हालान्डले जितेका थिए।
यो सिजन उत्कृष्ट फर्ममा रहेका फोडेनले समग्रमा कुल ४३ खेल खेल्दै २२ गोल र १० असिस्ट गरेका छन्। प्रिमियर लिगमा उनले ३१ खेलमा १६ गोल र ७ असिस्ट गरेका छन्।
२ साताअघि मात्र फोडेनले एस्टभिल्लाविरुद्ध ह्याट्रिक गरेका थिए। फोडेनको उत्कृष्ट प्रदर्शन मद्दतमा सिटी प्रिमियर लिगको लागतार चौथो उपािध नजिक छ।