प्रधानमनत्री कप महिला टि–२० प्रतियोगितामा विभागीय टिम एपिएफ क्लबले लागतार चौथो जित हात पारेको छ। राउन्डन रोबिनका आधारमा भइरहेको प्रतियोगितामा लागतार चौथो जित निकाल्ने क्रममा एपिएफले कोशी प्रदेशलाई ८ विकेटले हरायो।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा कोशीले दिएको ८५ रनको लक्ष्य एपिएफले १७.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। एपिएफको जितमा इन्दू बर्माले सर्वाधिक ३६ रन बनाइन्। उनले ३४ बलमा समान २ चौका र छक्का प्रहार गरिन्।
यस्तै, ज्योती पाण्डेले ३९ बलमा २४ रन बनाउँदा कप्तान सिता रानामगरले २२ बलमा १८ रन बनाइन्। रोमा थापा १० बलमा १० रन बनाउँदै नटआउट रहिन्। कोशीका निशा साह र अलिसा खडियाले समान १ विकेट लिए।,
यसअघि पहिला ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा २ विकेटको क्षतिमा ८४ रन मात्र बनाउन सक्यो। कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४१ रन बनाइन्। उनले ५८ बलमा ६ चौका प्रहार गरिन्।
यस्तै, निकै स्लो इनिङ खेलेकी काजन श्रेष्ठले ४६ बलमा १ चौका मद्दतमा २५ रन बनाइन् भने अप्सरी बेगमले १५ बलमा १३ रन बनाइन्।
एपिएफका लािग सोनु खड्का र करुणा भण्डारीले समान १ विकेट लिए।
यो जितसँगै ८ अंकसहित एपिएफ शीर्ष स्थानमै छ। हारका बाबजुद कोशी ६ अंकसहति दोस्रो स्थानमै छ।