सूर्यविनायकमा ५० हजार दर्शक क्षमताकाे रगंशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

31 Jul, 2025

प्रधानमन्त्री केपी ओलीले भक्तपुरको सूर्यविनायकमा रगंशाला निर्माण गर्ने घोषणा गरेका छन्।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रमको उदघोटन गर्दै प्रधानमन्त्री ओलीले अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने घोषणा गरेका हुन्।

‘नेपाललाई सम्पूर्ण खेलमा स्वर्ण पदकको विजेता बनाउने हिसाबले अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्न लागेका छौँ। हाम्रो स–साना बालबालिकाहरू हुर्कंदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भएको हुनेछ।’

प्रधानमन्त्री ओलीले कीर्तिपुरको क्रिकेट रंगशालाको अधिकतम संरक्षण र सदुपयोग गरेर नेपाली क्रिकेटलाई अघि बढाइने पनि बताए।

उनले धनुषाको रंगशाला र झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिरहेकाले अब खेल सिक्नका लागि रंगशालाको कमी नहुने बताए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]