रेफ्रिमाथि हात हाल्न खोज्ने पोखरा थन्डर्सका अफिसियललाई रंगशलामा प्रतिबन्ध, क्लबलाई जरिवाना

4 Apr, 2025
Share:
117 Shares

बुधबार भएको ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचका खेक्रमा रेफ्रि र टूर्नामेन्ट निर्देशकमाथि हातपात गर्ने प्रयास गरेका पोखरा थन्डर्सका किट पार्टनर प्रमुख सुन्दर थापालाई दशरग रंगशाला प्रवेशमा रोग लगाएको छ।

अनुशासनहीन तथा हिंसात्मक कार्य गरेको भन्दै एनएसएलले थापामाथि सिजनका पुरै खेलमा रंगशाला प्रवेशमा प्रतिबन्ध लगाएको हो।

खेलका क्रममा नवयुग श्रेष्ठको प्रहार ललितपुरका गोलपिकरले गोललाइनबाट बचाएका थिए। पोखराले गोलको अपिल गरेको थियो। तर, रेफ्रिले त्यसलाई गोल दिएनन्। त्यसपछि खेलाडी र प्रशिक्षकले केही बेर लाइन्सम्यानसँग प्रतिबाद गरेका थिए।

तर, खेल सुरु भइसकेपछि किट पार्टनर प्रमुख सुन्दर थापा भने निकै आक्रोशित भए। उनले रेफ्रि नवीन्द्र महर्जन र टूर्नामेन्ट निर्देशक सञ्जिब मिश्रमाथि उनले हातपातको प्रयास गरेका थिए। उनी निषेधित डगआउट क्षेत्रमा प्रवेश गरेका थिए।

निकै आक्रोशित देखिएका उनलाई प्रहरी लगाएर बाहिर निकालिएको थियो।

यस्तै, एनएसएलको अनुशासन समितिले पोखार थन्डर्समाथि पनि कारबाही गरेको छ। खेल भावना र अनुशासन मापदण्ड उल्लङ्घन गरेको भन्दै क्लबलाई ५० हजार जरिवना तोकिएको छ।

यस्तै क्लबका अर्का सदस्य दीपक श्रेष्ठलाई पनि अनुशासनहीन व्यवहारका लागि दुई खेलको प्रतिबन्ध लगाइएको छ।

अनुशासन समितिले अब पुनः यस्तो व्यवहार दोहोरिए थप कडा कारबाही हुने चेतावनी पनि पोखरालाई दिएको छ।