प्रीति राई बनिन् एनएसएलको गुडविल एम्बाडर

28 Mar, 2025
Share:
117 Shares

तेस्रो संस्करणको नेपाल सुपर लिगको गुडविल एम्बाडरका रुपमा महिला फुटबलर प्रीति राई नियुक्त भएकी छिन्।

एनएसएल आयोजक एनएसइएमले बिहीबार प्रीतिलाई गुडविल एम्बासडर नियुक्त गरेको हो। उसले समाजिक सञ्जालमा भिडियो पोस्ट सोको जानकारी दिएको हो।

नेपालको उमेर समूहका लागि खेल्दै कप्तानी नै गरिसकेकी प्रीति पछिल्लो समय स्टार महिला फुटबलरको रुपमा जमिरहेकी छन्। उनी विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्छिन्।

तेस्रो संस्करणको नेपाल सुपर लिग यही शनिबारबाट दशरथ रंगशालामा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो सिजनको विजेता काठमाडौं रेजर्स भीड्ने छन्।