आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा

8 May, 2025

पिएसजी च्याम्पियन्स लिगका फाइलनमा प्रवेश गरेको छ। इंग्लिस क्लब आर्सनलाई समग्रमा ३–१ले पराजित गर्दै पिएसजीले फाइनलमा स्थान बनाएको हो।

बुधबार राति घरेलु मैलान पार्क डेस प्रिन्सेसमा भएको खेल पिएसजीले २–१ले जित्यो। पहिलो लेगमा प्राप्त १–०को जितपछि उसले समग्रहमा ३–१को सहज जित निकालेको हो।

पिएसजी सन् २०१९÷२० पछि पहिलो पटक फाइनलमा पुगेको हो। त्यो बेला पिएसजी फाइलनमा बायर्न म्युनिखसँग १–०ले पराजित भएको थियो।

पीएसजीले घरेलु मैदानमा आर्सनलले आक्रमण सुरुआत गरेको थियो। उसले खेलको १५ मिनेटसम्म पिएसजीमाथि पूर्ण रुपमा दबाब बनाएको थियो। उसले गोलका उत्कृष्ट प्रयास गरेपछि पिएसजीका गोलकिपर जियानलुइजी डोनारुमाले उत्कृष्ट बचाउ गरे।

१५ मिनेटपछि भने पिएसजीले विस्तारै खेलमा नियन्त्रण बढाएको थियो। ३२औं मिनेटमा फाबियान रुइजले उत्कृष्ट गोल गर्दै पिएसजीलाई खेलमा सुरुआती अग्रता दिलाए।

पहिलो हाफ १–०मै समिएको खेलमा ७२औं मिनेटमा पिएसजीले अग्रता दोब्बर बनायो। उसका अचरफ हाकिमीले गोल गरेका थिए। यो गोलसँगै आर्सनल खेलमा साग्रमा ३–०ले पछि परेको थियो। ७५औं मिनेटमा बुकायो साका गोल गर्दै आर्सनललाइृ खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि थप गोल नहुँदा पिएसजी विजयी भयो।

अब पिएसजीले मे ३१ मा हुने जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा हुने फाइनलमा इटालियन क्लब इन्टर मिलानको सामाना गर्ने छ।